Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिआइबीको हिरासतमा पत्रकार

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी मुद्दाको अनुसन्धानमा एक पत्रकारलाई पक्राउ गरेको छ ।

पत्रकार डिल्ली पाण्डे मंगलबार बेलुका पक्राउ परेका हुन् । सुन तस्करीको मुद्दामा जेल परेका विमानस्थल भन्सारका नायब सुब्बा रेवन्त खड्कालाई थुनामुक्त गरिदिने भन्दै पैसा लिएको घटनामा पाण्डे पनि अनुसन्धानमा तानिएका हुन् ।

यसअघि पक्राउ परेकी रितु राईले नासु खड्काको परिवारसँग लिएको पैसा पाण्डेलाई पनि बुझाएको बताएपछि उनी अनुसन्धानका लागि पक्राउ परेका हुन् । तर, पाण्डेले पैसा लिएको पुष्टि हुन सकेको छैन ।

नासु खड्कालाई छुटाइदिने भन्दै उनको परिवारसँग ९९ लाख ७५ हजार लिएको आरोपमा रितु र निरेश चौधरीलाई सिआइबीले सोमबार पक्राउ गरेको थियो । यो मुद्दामा युवतीले पत्रकार पाण्डेलाई पनि फसाउन खोजेको आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077