Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • राष्ट्रपति पौडेल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

    राष्ट्रपति पौडेल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 915
    SHARES

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैंकका देशीय निर्देशक फेरिस हदाद जर्भोसले शिष्टाचार भेट गरेका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा राष्ट्रपति पौडेलले विगत चार दशकदेखि नेपालको विकास साझेदार रहेको विश्व बैंकले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पुर्‍याएको सहयोगको सराहना गरेका थिए ।



    साथै उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैंकले सहयोग गर्ने विश्वास व्यक्त गरे । जलवायु परिवर्तनका कारण नेपालको हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।



    सो अवसरमा निर्देशक जर्भोसले नेपाल र विश्व बैङ्कबिचको सहकार्य सुदृढ रहेको बताएका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार