Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • मापदण्ड बनाएरमात्रै राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउँछौं : महामन्त्री थापा

    मापदण्ड बनाएरमात्रै राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउँछौं : महामन्त्री थापा

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 768
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभाको निर्वाचनको उम्मेदवार छान्न मापदण्ड बनाउनुपर्ने बताएका छन् ।

    बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बसेको इतर समूहको भेलामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले राष्ट्रिय सभा निर्वाचनमा पार्टीले मापदण्ड बनाएरमात्रै उम्मेदवार बनाउने बताए।



    यसअघि सम्मपन्न भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा पार्टीले कुनै मापदण्ड नबनाएको र पार्टीभित्रै नेताहरूलाई न्यायपूर्ण व्यवहार नगरेको भन्दै महामन्त्रीले थापाले राष्ट्रियसभा निर्वाचनमा त्यस्तो हुन नदिने प्रस्ट पारे।



    महामन्त्री थापाले भने,’यसअघि सम्पन्न तीनवटा चुनावमा कुनै मापदण्ड बनाइएन। पार्टीमा धेरै विभेद् भयो। न्याय गर्नुपर्नेमा सभापतिले आफैं विभेद् गर्नुभयो। आफ्नो समूहलाई मात्रै हेर्नुभयो। राष्ट्रिय सभा निर्वाचनमा हामी त्यस्तो हुन दिन्नौं। सिंगो कांग्रेसको सभापति बन्न दबाब दिन्छौं।’

    पार्टी सभापति शेरबहादुर देउवालाई दबाब सिर्जना गरेर सिंगो कांग्रेसको सभापति बन्न आग्रह गरिने महामन्त्री थापाको भनाइ छ। सभापति देउवाले यो वा त्यो समूह भन्न नमिल्ने उनले बताए।

    शेखर कोइराला समूह सम्मिलित बैठकमा तीन विषयमा बढी छलफल भएको महामन्त्री थापाले बताए। राष्ट्रिय सभा निर्वाचनमा मापदण्ड तयार गर्ने, नेता कार्यकर्तालाई समानरूपले न्यायपूर्ण व्यवहार गरिने र सुशासनका सबालमा छलफल भएको उनको भनाइ छ। उनले पार्टीभित्रका नेताहरूबीच सम्बादन नहुँदा धेरैखाले असमझदारी बढेको प्रस्ट पारेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार