Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – एनसेल बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ

    कांग्रेस महामन्त्री थापाले भने – एनसेल बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको सेयर खरिद बिक्रीमा चलखेल भएको आशंका व्यक्त गरेका छन् ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले एनसेलको सेयर खरिद बिक्रीमा नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ भएको बताए ।



    महामन्त्री थापाले भने,‘म के कुरा दाबाका साथ भन्न सक्छु भने एनसेलको सन्दर्भमा जे कुरा भएको छ, रातारात भएको होइन, राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ, ठूलो भरथेग, ठूलो भरोसा नभई यो कुरा भएको छैन।’



    उनले एनसेलको स्वामित्व खरिद बिक्री रातारात नभएको बताए । गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलको आफ्नो भागमा रहेको सेयर सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई ५ करोड डलरमा बिक्री गरेको सार्वजनिक भएको थियो ।

    महामन्त्री थापाले कर अधिकृतले गर्न सक्ने छानबिनमा सरकारले समिति नै बनाएको भन्दै समितिले ढाकछोप गर्नतिर जान सक्ने आशंका गरे ।

    सरकारले एनसेल बिक्री कुनै मन्त्रालयको विषय होइन, समिति बनाएर हेर्छु भनेको भन्दै समितिले ठीक ढंगले काम गर्छ कि गर्दैन हेर्नुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार