Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ, सुशासन प्रवर्द्धनको अभियान सरकार रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड

    ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ, सुशासन प्रवर्द्धनको अभियान सरकार रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 693
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलाभ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताएका छन् ।

    माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले भ्रष्टाचार विरोधी र सुशासन प्रवर्द्धनको अभियान यो सरकार नरोकिएको बताए । उनले भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।



    मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै उनले सामाजिक न्याय र सुशासनका क्षेत्रमा धेरै काम भएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार