काठमाडौं । सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिद बिक्री प्रकरण रहस्यमय भएको बताएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।
सभामुख घिमिरेले भने,‘एनसेलको शेयर खरिद-बिक्री प्रकरण रहस्यको र अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आइरहेको छ । जसरी अरुको चासो गइरहेको छ, संसद्मा पनि त्यत्तिकै र अझ त्यो भन्दा बढी जिम्मेवारीका साथ चासो लिएर अघि बढेको छ ।’
सभामुख घिमिरेले एनसेलको शेयर खरिद बिक्री प्रकरणको छानबिन हुनुपर्ने बताए। उनले संसद्ले एनसेल खरिद-बिक्री प्रकरणलाई जिम्मेवारीकासाथ चासो लिएर अघि बढाइरहेको जानकारी दिए ।
यो विषयमा दुई वटा संसदीय समितिले तत्कालै छलफल चलाएको र सरकारसँग स्पष्टीकरण माग गर्ने लगायतका कामहरु संसदीय समितिबाट भइरहेको सभामुख घिमिरेले बताए ।
Leave a Reply