Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • एनसेल खरिद-बिक्री शंकास्पद भएको सत्ता गठबन्धको निष्कर्ष, छानबिन गर्ने समझदारी

    एनसेल खरिद-बिक्री शंकास्पद भएको सत्ता गठबन्धको निष्कर्ष, छानबिन गर्ने समझदारी

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । सत्तारुढ गठबन्धनले एनसेलको स्वामित्व खरिद बिक्री शंकास्पद भएकाले गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ ।



    बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अनुकुल खरिदबिक्री नभएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले शेयर खरिदबिक्रीको कुरा शंकास्पद रहेकाले गठबन्धनले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको बताए ।



    बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, गृहमन्त्रीसमेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, कांग्रेस उपसभापति धनराज गुरुङ, नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगनन्नाथ खतिवडा, सञ्चारमन्त्री रेखा शर्मा, अर्थमन्त्री प्रकाशशरण महत, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए ।

    मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार