Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनसेल खरिद-बिक्रीबारे गठबन्धन दलसँग प्रधानमन्त्री प्रचण्डले गरे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एनसेल खरिद बिक्रीमा भएको अनियमितताबारे सरकारमा सहभागी दलहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा आबद्ध दलका शीर्ष नेता, अर्थमन्त्री, सञ्चारमन्त्री र विभिन्न विभागीय कर्मचारीसँग छलफल गरेका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, गृहमन्त्रीसमेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, कांग्रेस उपसभापति धनराज गुरुङ, नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगनन्नाथ खतिवडा, सञ्चारमन्त्री रेखा शर्मा, अर्थमन्त्री प्रकाशशरण महत, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायत सहभागी छन्।

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077