Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - एनसेलमा अर्बौं घोटाला भएको छ, छानबिन गरौँ

ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलमा अर्बौं घोटाला भएको छ भन्ने अनुमान लगाउन सकिने बताएका छन्।

कांग्रेस ओखलढुंगाको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले कानुनको दुरूपयोग भएको पाइएमा दण्डित गरिनुपर्ने बताए।

महामन्त्री थापाले हालै एनसेलमा अर्बौं घोटला भएको समाचार आएको भन्दै यसबारे छानविन हुनुपर्ने माग गरे।

उनले सरकारमा कांग्रेस भएजस्तो नभएको भन्दै अनियमितता र भ्रष्टाचार बढेको बताए। थापाले एनसेल घोटलामा ठूलै व्यक्तिहरू संलग्न भएको भन्दै छानविन गर्नुपर्नेमा जोड दिए।

महामन्त्री थापाले भने,‘हरेक दिन कुनै न कुनै काण्डबारे सुनिन्छ। केही समयअगाडि सुनको काण्डबारे सुनियो, हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौं रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ । प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ।’

कांग्रेस सम्मिलित सरकारले एनसेललगायतमा कानुनको दुरूपयोग भएको छ कि छैन हेर्नुपर्ने महामन्त्री थापाको भनाई छ । उनले कुनै ठूलै नेताको सम्पत्ति कहीँकतै चोर बाटोबाट लगेर त्यो कालो धन नेपालमा फेरि लगानीको नाममा फर्काउने प्रयास भएको छ भने पनि दण्ड पाउँछ भन्ने विश्वास कांग्रेसले दिलाउन सक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077