Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनसेलको सेयर खरिद बिक्री शङ्कास्पद छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिद बिक्री शङ्कास्पद भएको दाबी गरेका छन् ।

सामाजिक संञ्जाल ट्वीटर एक्स मा लेख्दै नेता रावलले एनसेलको सेयर खरिद बिक्री शङ्कास्पद भएको दाबी गरेका हुन् ।

नेता रावलले लेखेका छन्, ‘एनसेलले ७० अर्ब बढी राजस्व नतिरेको मुद्दा चलिरहेकै बेला अर्बौंको घोटाला गर्नुका साथै कम्पनी सरकारको स्वामित्वमा आउन नदिन कम्पनी बिक्रीको नाटक गरिएको छ । यो सरकार र उच्च राजनीतिक संलग्नता बिना सम्भव हुन्ने देखिन्न।’

एनसेलको सेयर खरिदबिक्री सरकार र उच्च राजनीतिक संलग्नताबीना सम्भव नहुने नेता रावलको दाबी छ । नेता रावलले सरकारको स्वामित्वमा आउन नदिन कम्पनी विक्रीको नाटक गरिएको दाबी गरे।

सुशासन र राष्ट्रिय हित भनेको यस्तै हुन्छ? भन्दै प्रश्न गर्दै रावलले छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077