बागलुङ । सोमबार बिहानदेखि परेको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । हिमपात भइरहेकोले सवारी साधन सञ्चालन हुन नसकेको स्थानीयले बताएका छन् ।
आइतबार साँझदेखि वर्षा भए पनि आज बिहानदेखि नै हिमपात भएको हो । हिमपात भएपछि पूर्वी रुकुमदेखि पोखरा काठमाडौँ चल्ने सवारी साधन बिहानसम्म हिउँ पन्छाएर यात्रा गरे पनि अहिले पूर्ण रुपमा बन्द भएको छ।
चरनका लागि पातिहाल्ने लगिएका वस्तुभाउ पनि बेंसी झारिएको छ।