Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुस सरकारलाई परराष्ट्र मन्त्रालयले भन्यो - सेनामा नेपाली युवा भर्ती नगर, भएकालाई तत्काल फर्काऊ

काठमाडौं । रूसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन र अबका दिनमा नेपाली युवाहरुलाई सेनामा भर्ती नगर्न परराष्ट्र मन्त्रालयले रुस सरकारलाई पत्र पठाएको छ ।

रूसी सेनामा भर्ती भई युक्रेनको युद्धमा ६ जना नेपाली मारिएको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयले रूसी सेनामा भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउन पत्र पठाएको हो ।

रूसी सेनामा कम्तीमा ५ सय नेपाली भर्ना भएको अनुमान गरिएको छ । नेपालले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न समेत अनुरोध गरेको छ । नेपालले भारत र बेलायतसँग मात्रै सेनामा भर्ती गर्न पाउने सम्झौता छ ।

'नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रूसी सरकारलाई अनुरोध गरिएको छ,' परराष्ट्रद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी रूसी सेनामा भर्ना भइ हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ । त्यस्तै सरकारले रूस जान रोक लगाएको छ ।

यस्तै परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै रुसी सेनामा कार्यरत ६ जना नेपाली युवाको रुस–युद्धका क्रममा मृत्यु भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077