Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजापट्टीको दक्षिणी क्षेत्रमा प्रवेश गर्न थाल्यो इजरायली सेना

एजेन्सी । इजरायली सेना पुनः गाजापट्टीको दक्षिणी क्षेत्रमा प्रवेश गर्न थालेको छ ।

प्यालेस्टाइनको विद्रोही समूह हमाससँगको युद्धविरामपछि अस्थायी आक्रमण बढाइरहेको सेना गाजापट्टीको दक्षिणी क्षेत्रमा प्रवेश गर्न थालेको हो ।

इजरायली सेनाले गाजाको खान युनिस सहरको उत्तरी क्षेत्रबाट स्थलगत अभियान शुरु गरेको बताइएको छ । यो शहरमा इजरायली सेनाको ट्याङकको तस्बिर देखिएको पनि खबरमा उल्लेख गरिएको छ ।

इजरायली रक्षा बल आइडिएफका प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हलेभीले आक्रमणलाई बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077