Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • कुहिन लागेको अवस्थामा महिलाको शव भेटियो

    कुहिन लागेको अवस्थामा महिलाको शव भेटियो

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 1.3K
    SHARES

    फाइल फोटो

    धनुषा । धनुषामा कुहिन लागेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

    जिल्लाको मिथिला नगरपालिका-५ स्थित श्रीपुर गाउँबाट पाँच सय मिटर पूर्वमा रहेको औरही खोलाको बाँध छेउमा शव फेला परेको हो ।



    अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । आइतबार बेलुकी घाँस काट्न गएकी महिलाले शव देखेपछि गाउँमा आएर जानकारी गराएकी थिइन् ।

    शव पहिचानका लागि विभिन्न माध्यमबाट प्रयास भइरहेको र घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार