Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वायुसेवा निगमका अध्यक्षलाई हटाउन माग गर्दै कर्मचारी आन्दोलित

काठमाडौं । नेपाल वायुसेवा निगमको अध्यक्ष युवराज अधिकारीलाई हटाउन माग गर्दै कर्मचारीहरूले आन्दोलन गरेका छन्।

तीन करोड नेपाली जनताको साझा सम्पत्ति राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डुबाउन खोजेको भन्दै वायुसेवा निगम कर्मचारी संघले आन्दोलन गरेका हुन्।

आइतबार निगमको कार्यालयमा कर्मचारीहरूले अध्यक्षलाई प्रवेश निषेध गरेका छन् । एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीहरूले गेटमै धर्ना दिएर अधिकारीलाई रोकेका छन् ।

निगमको प्रमुख स्रोतको रूपमा रहेको त्रिभुवन विमानस्थलको ग्राउण्ड हेण्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति गरी स्थायी योग्य र कुशल कर्मचारीको मनोबल गिराउने काम गरेको उनीमाथि आरोप छ ।

निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजहरूको नियमित मर्मत सम्भारतर्फ ध्यान नदिएको, एमओआर हुँदाहुँदै एओजी गराएर तथा अनावश्यक प्रचारबाजी गरी निगमको करोडौं रकम अपचलन गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077