Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • राष्ट्रपति पौडेलको आग्रह – अपांगता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा गरौँ

    राष्ट्रपति पौडेलको आग्रह – अपांगता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा गरौँ

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 618
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपांगता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

    ३२औँ अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन् ।



    उनले नेपालको संविधान, मौलिक हक, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन लगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपांगता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने बताए ।



    संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ ।

    राष्ट्रपति पौडेलले दिवसका सन्दर्भमा अपांगता भएका व्यक्तिको मानवअधिकारको प्रवर्द्धन, मर्यादा र सामाजिक न्यायको सुनिश्चितताका लागि शुभकामना व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार