Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, सनाखत हुन बाँकी

झापा । पूर्वपश्चिम राजमार्गमा पर्ने झापाको शिवसताक्षी नगरपालिका–१० मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१–०१–०१६प ४३९० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा नाम ठेगाना नखुलेका एक पुरुषको मृत्यु भएको हो ।

मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा विर्तामोडको बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक झापाको कमल गाउँपालिका–१ का २० वर्षीय सागर तामाङ पनि घाइते भएका प्रहरीले जनाएको छ।

उनलाई सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। मृतकको पहिचानको विषयमा थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077