Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशभरका कारागारमा योग शिविर चलाउने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले देशभरका कारागारमा योग शिविर सञ्चालन गर्ने भएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरिका कारागारमा योगशिविर सञ्चालन हुने भएको हो ।

गृहमन्त्री श्रेष्ठसहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नख्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयका अनुसार नेपालमा केन्द्रीय कारागारसहित ७४ वटा कारागारहरु छन् ।

ती सबै कारागारहरुमा नेपाल विपश्यना केन्द्रको व्यवस्थापनमा शिविर सञ्चालन हुने छ ।

धर्मसेवक सुशील शाहका अनुसार एक पटकमा ६०–७० जनाले योग्याभ्यास गर्नेछन् ।

पटकपटक शिविर सञ्चालन गरी सबैलाई योगाभ्यास गराइने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077