Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास गौशालाबाट पक्राउ

काठमाडौं । गौशालामा भएको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

दुर्गा प्रसाईंको नेतृत्वको आन्दोलनमा सहभागि भएका धर्मगुरु श्रीनिवास पक्राउ परेका हुन् । आन्दोलनमा आफ्ना समर्थकसहित गएर उनले उग्र अभिव्यक्ति दिएका छन् ।

गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै धर्मगुरुलाई पक्राउ गरेको हो ।

प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उनले धार्मिक समूहहरुलाई समेत बोलाएका थिए ।

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासले पटकपटक धर्मको विषयमा उत्तेजक अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077