Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखले संसदीय समितिका सभापतिसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्ने भएका छन् ।

आज साढे ११ बजे समितिका १० सभापतिहरुसँग सभामुखले छलफल गर्न लागेका हुन् ।

सिंहदरवारस्थित कानुन समितिको सभाकक्षमा छलफल राखिएको छ ।

संसदीय समितिहरुलाई कसरी प्रभावकारी बनाउने र समितिमा आएका विधेयकहरु कसरी अघि बढाउने विषयहरुमा छलफल हुनेछ ।

पछिल्ला दिनमा समितिमा कतिपय विषयमा गरिने छलफलमा समेत क्षेत्राधिकार विवाद समेत हुँदै आएकोमा त्यसबारे समेत छलफल गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077