Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जुम्ल्याहा नवजात शिशुको शव फेला

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा फोहोरमा फालिएको जुम्ल्याहा नवजात शिशुको शव फेला परेको छ ।

मलङ्गवा नगरपालिका–९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५-६ महिना जतिको देखिने मृत जुम्ल्याहा शिशु फेला परेका हुन् ।

बाटो हिँड्ने बटुवाले जुम्ल्याहा मृत शिशु देखेपछि प्रहरीमा खबर गरेका थिए ।

सर्लाही प्रहरीका अनुसार मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । प्रहरीले शिशु फाल्नेको खोजी सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077