Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • बाघ खोज्न जाँदा भेटियो अर्को शव, बाघ पनि समातियो

    बाघ खोज्न जाँदा भेटियो अर्को शव, बाघ पनि समातियो

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 2K
    SHARES

    हेटौँडा । पश्चिम मकवानपुरमा एक जनाको शव फेला परेको छ । जिल्लाको मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा शव फेला परेको हो ।

    गत शुक्रवार बाघको आक्रमणबाट सोही क्षेत्रमा चितवनको राप्ती नगरपालिका वडा नम्बर १ दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएपछि बाघ खोज्न निस्किएको नेपाली सेना र निकुञ्जको टोलीले शव फेला पारेको जनाइएको छ ।



    सेना र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेञ्ज पोष्टबाट ४ वटा हात्ती प्रयोग गरी बाघको खोजी गर्ने क्रममा कम्मर भन्दा माथि हड्डी मात्र भएको अवस्थामा पुरुषको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    शवको पहिचान हुन सकेको छैन । शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । यसैबीच सेना र निकुञ्जको टोलीले गएराति बाघ नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवन लगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार