Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • गुरु नानक जयन्तीले राष्ट्रिय एकतालाई मजबुत बनाउन बल पुग्ने राष्ट्रपतिको विश्वास

    गुरु नानक जयन्तीले राष्ट्रिय एकतालाई मजबुत बनाउन बल पुग्ने राष्ट्रपतिको विश्वास

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 648
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैंगिक विभेदका साथै अन्धविश्वास र कुरीतिविरूद्ध मानिसलाई सचेत गराउन खेलेको भूमिका सदैव स्मरणीय रहेको बताएका छन् ।

    सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा आज उनले जारी गरेको शुभकामना सन्देशमा यस्तो भनिएको हो । विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।



    “गुरु नानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिएमा समाजमा शान्ति स्थापना भई आपसी सद्भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन बल पुग्ने मैले विश्वास लिएको छु,” सन्देशमा उनले उल्लेख गरेका छन् ।



    समाजमा विद्यमान सबै प्रकारका विकृति र विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता तथा भ्रातृत्व कायम गर्न गुरु नानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने राष्ट्रपति पौडेलको विश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार