Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई बन्दी बनाइएको भन्दै सर्वोच्चमा परेको रिट फिर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बन्दी बनाइएको भन्दै दायर रिट फिर्ता लिन सर्वोच्चमा निवेदन परेको छ ।

भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले नजबरन्द गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।

प्रसाईंको हकमा रिट निवेदन दिएका वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ताका लागि निवेदन दिएका हुन् ।

वरिष्ठ अधिवक्ता भण्डारीले प्रसाईं अहिले बाहिर कार्यक्रममा गइसकेको र घरमा धरपकड नभएको भन्दै रिटको औचित्य सकिएकाले फिर्ताका लागि निवेदन दिएका छन् ।

रिट फिर्ताका लागि निवेदन दिएको भएपनि सर्वोच्चका न्यायाधीश डा।कुमार चुडालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइसकेको छ ।

सुनुवाइ सकिएको र औचित्य सकिएकाले रिट खारेज हुने र निवेदकले नै फिर्ताका लागि निवेदन दिएकाले माग बमोजिम हुने गरी उक्त रिटमा आदेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077