Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु

    जाजरकोटमा नेपाल टेलिकमको ‘नमुना सेवा’ सुरु

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 675
    SHARES

    जाजरकोट । जाजरकोटमा नेपाल टेलिकमको नमुना सेवा सुरु भएको छ ।

    नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै मोबाइल टावर सञ्चालननको तयारी थालिएको हो ।



    टावर सञ्चालनमा आउने भएपछि उक्त ठाउँमा निःशुल्क सिमसमेत वितरण हुन लागेको नेपाल टेलिकमले जनाएको छ । सदरमुकामअन्तर्गत पर्ने भए पनि फोन नबुझिने समस्या स्थानीयलाई सास्ती भएको थियो ।



    जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा नयाँ टावर निर्माणका लागि पहल थालिएको टेलिकमले जनाएको छ ।

    प्राविधिक टोलीले जिल्लाका सबै ठाउँमा स्थलगत अनुगमन गरी फोन लाग्ने र नलाग्ने ठाउँको पहिचान गरेका थिए । भूकम्पबाट बढी प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका साथै अन्य जिल्लामा टेलिकमले नमुना सेवा दिने लक्ष्यसहित स्थलगत अनुगमन गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार