Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापालाई ज्ञानेन्द्रको जवाफ - तपाईँको चुनौती सामना गर्न राजा चाहिँदैन, हामी तयार छौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई चुनौती सामना गर्न तयार रहेको जवाफ दिएका छन् ।

कांग्रेस महामन्त्री थापाले आज गुल्मीमा आयोजित कार्यक्रमबाट पूर्वराजालाई संवैधानिक व्यवस्था प्रयोग गरेर चुनाव लड्न र व्यवस्था परिवर्तन गर्न चुनौती दिएका थिए ।

महामन्त्री थापाको उक्त अभिव्यक्ति खण्डन गर्दै राप्रपा सांसद शाहीले राजालाई दिएको चुनौती सामना गर्न आफूहरुनै तयार रहेको जवाफ फर्काएका हुन् । उनले महामन्त्री थापालाई ‘कुन ठाउँबाट चुनाव लड्ने ?’ भन्दै प्रश्नसमेत गरे ।

साथै, उनले अहिलेको व्यवस्था ढल्दै गएपछि महामन्त्री थापा दिउँसै बर्बराएको उनले टिप्पणी गरे । उनले भनेका छन्, 'तपाईँले घरमा आमाबुवा र देशमा राजाको सम्मान गर्न सिक्नुहोस् आज हामी राष्ट्रपति व्यवस्था नमाने पनि उतिकै सम्मान गर्छौ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077