Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीश र राजदूतविरूद्ध उजुरी आह्वान

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीश र एक राजदूतविरूद्ध उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिले आज सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीश र एक राजदूतविरूद्ध उजुरी आह्वान गरेको हो ।

शारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालविरूद्ध उजुरी दिन समितिले आह्वान गरेको हो ।

दश दिनभित्र समितिको सचिवालयमा वा ७७ जिल्लाका जुन सुकै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सकिनेछ ।

यसैबीच, समितिले पोर्चुगलका लागि नेपाली राजदूत प्रस्ताव गरिएका शनिल नेपालविरूद्ध पनि उजुरी आह्वान गरेको छ । उनीविरूद्ध पनि दश दिनभित्र उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077