एजेन्सी । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच बन्धक तथा कैदीबन्दी आदानप्रदानको क्रम सुरु भएको छ ।
सहमतिअनुसार हमासले १३ जना इजरायली बन्धक अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको हो ।
यस्तै हमासले १२ जना थाई नागरिकलाई पनि रिहा गरेको छ । अब इजरायलले ३९ जना प्यालेस्टिनी कैदीबन्दी रिहा गर्ने छ ।
कतारको मध्यस्ततामा दुई पक्षबीच भएको सम्झौताअनुसार आज शुक्रवार बिहानदेखि युद्धविराम शुरु भएको हो ।