Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीनकुनेबाट दुर्गा प्रसाईंका समर्थक पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहका समर्थकलाई प्रहरीले तीनकुनेमा धरपकड गरेको छ।

तिनकुनेमा जम्मा भएका प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई प्रहरी पक्राउ गरेको हो ।

स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई प्रहरीले पक्राउ गरी नजिकैको प्रहरी चौकीतर्फ लगेको छ ।

अहिले तीनकुने क्षेत्रमा प्रहरीले सर्च अभियानसमेत सञ्चालन गरेको छ। प्रहरीले समूहमा जम्मा भएकामाथि निगरानीसमेत बढाएको छ।

प्रहरीले पक्राउ गरेकाहरुको पहिचान खुलाइसकेको छैन । स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा प्रसाई र उनका समर्थकलाई प्रदर्शन गर्न अनुमति दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077