Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

व्यवसायी दुर्गा प्रसाईं घरमै ‘नजरबन्द’

काठमाडौं । । काठमाडौंको तिनकुनेमा प्रर्दशन गर्ने घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नै घरमा नजरबन्दमा परेका छन् ।

आजबाट व्यवस्था परिवर्तन गर्ने भन्दै तिनकुने क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेका प्रसाईंको निवासमा प्रहरी तैनाथ गरिएको हो ।

नेपाल प्रहरीको विशेष टोलीले अहिले दुर्गा प्रसाईँको घरलाई वरपरबाट घेरेको छ । उनलाई त्यहाँबाट निस्कन नदिने प्रहरीको तयारी छ ।

प्रहरीले आज बिहान प्रसाईँका केही समर्थकलाई पक्राउसमेत गरेको छ । प्रसाईंले तिनकुनेमा भेला भएर समर्थकहरुलाई संसद र सिंहदरवार घेर्न जान समर्थकहरुलाई ह्वीप जारी गरेका थिए ।

लगत्तै काठमाडौं जिल्ला प्रशासनले सो क्षेत्रमा प्रदर्शनका लागि अनुमति नदिएको प्रस्ट पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077