Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुस्ताङमा दुई विदेशीसहित ४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ । मुस्ताङमा २ विदेशी नागरिकसहित ४ जना पदयात्री सम्पर्कविहीन भएका छन् ।

डोल्पाबाट मुस्ताङ जिल्ला प्रवेश गरेका पदयात्रीहरु सम्पर्कविहीन भएका हुन् ।

ईटालीयन नागरिक ४५ वर्षीया एरियाना रेजिस र स्वीजल्याण्डका नागरिक ५५ वर्षीय मार्को ग्याजोला सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

सम्पर्कविहीन २ जना विदेशी नागरिकसहित ४ जना पथप्रदर्शक छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्यवमा हाईअल्टिच्यूड हेली मार्फत खोज तलास गरे पनि उनीहरु रहेको स्थान पत्ता लाग्न नसकेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालयको टोलीले हेली मार्फत सर्च अप्रेशन गरेको तर सम्पर्कविहिन रहेका पर्यटकहरु रहेको स्थान पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077