Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलले गाजाको एक विद्यालयमा आक्रमण गर्दा २७ जनाको मृत्यु

काठमाडौं । इजरायल र हमासबीच युद्धविरामको सहमति कार्यान्वयन हुनुअघि इजरायलले गाजास्थित संयुक्त राष्ट्र संघीय विद्यालयमा आक्रमण गरेको छ ।

उत्तरी गाजाको जाबिलिया शरणार्थी शिविरको छेउमा रहेको विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा शरण लिइरहेका मानिसहरुको मृत्यु भएको हो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गरेको यो दाबीको स्वतन्त्र पुष्टि हुन नसकेको बताइएको छ ।

यसअघि पनि इजरायलले विभिन्न विद्यालय तथा शरणार्थी शिविरमा हवाई आक्रमण गरेको समाचार सार्वजनिक भएका थिए। ७ अक्टोबर यता इजरायलले जारी राखेको गाजा कारबाहीमा १३ हजार बढीको मृत्यु भइसकेको छ।

यसैबीच इजरायल र हमासबीच भएको अस्थायी युद्धविरामको सहमति आजदेखि लागू हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077