Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडकबाट सत्ता पल्टाउन खोज्ने दुर्गा प्रसाईंको ‘धृष्टता’ !

काठमाडौं । विवादास्पद चरित्रका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले महाअभियानका नाममा सडक आन्दोलनबाट सत्ता पल्टाउने धृष्टता गरे पनि उनको आन्दोलन फिक्का भएको छ ।

शान्तिको राप जप्दै आएका प्रसाईंले नेतृत्व गरेको बिहीबारको बल्खु केन्द्रित प्रदर्शन अराजक बन्यो । सो भीड अराजक बन्दै गएको र त्यसले हिंसात्मक रूप लिन सक्ने आँकलन गर्दै सम्भावित दुर्घटना रोक्न प्रहरीले दमन गरेको थियो ।

सरकारले उपलब्ध गराएको प्रदर्शन स्थल छाडेर निषेधित क्षेत्र छिर्न खोज्ने प्रसाईं समर्थित अराजक समूह र प्रहरीबीच बल्खुमा पटकपटक झडप भएको थियो । दिउँसो बल्खुमा प्रदर्शन हुँदै गर्दा चावहिलबाट जुलुशसहित राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान संयोजक प्रसाईंले संक्षिप्त मन्तव्य राखेर हिँडेलगत्तै उहाँका समर्थकहरू बल्खु छाडेर कालिमाटी हुँदै निषेधित क्षेत्र जान लागेपछि प्रहरीले जुलशमाथि हस्तक्षेप गरेको थियो ।

सो अराजक समूह सिहदरबार घेर्ने भन्दै अघि बढेको थियो तर सरकारले यसअघि नै माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित घोषणा गरेकाले प्रहरीले सो समूहलाई अगाडि बढ्न दिएको थिएन । बिहान एमाले निकट युवासंघका कार्यकर्ता र प्रसाईंका समर्थकबीच ढुंगा हानाहान भएदेखि नै बल्खुको अवस्था तनावग्रस्त भएको थियो ।

दिउँसो प्रहरीले बल्खुमै बस्न पटकपटक आग्रह गर्दा प्रसाईं समर्थकहरू प्रहरीमाथि नै जाइलागेका थिए । प्रसार्इंका समर्थकले साँझपख टायर बालेर विरोध गरेका थिए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077