Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजदेखि तीनकुनेमा प्रदर्शन गर्दै दुर्गा प्रसाईं समूह, आन्दोलन देशभर विस्तार गर्ने घोषणा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले आजदेखि तीनकुनेमा आन्दोलन गर्दैछ । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित हुने भएका हुन् ।

जनप्रदर्शनपछि बिहीबार अबेर आयोजित पत्रकार सम्मेलनमा उनले आन्दोलन अनिश्चितकालसम्म जारी रहने बताएका थिए ।

आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने उनको घोषणा थियो । बिहीबार तीनकुनेमा युवासंघ नेपाले प्रदर्शन गरेको थियो भने प्रसाईंको समूहले बल्खुमा प्रदर्शन गरेको थियो ।

तीनकुनेको प्रदर्शन शान्तिपूर्ण रहे पनि बल्खुमा भने तनाब उत्पन्न भएको थियो । यस्तै करिब १० मिनेट बल्खुमा समर्थकलाई सम्बोधन गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077