Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनलाइन जुवा खेलाएको आरोपमा बागबजारबाट एक जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अवैध हुण्डी संचालन गरेको तथा अनलाइन जुवा खेलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

सीआईबीले काठमाडौंको बागबजारबाट अवैध हुण्डी संचालन गरेको आरोपमा रुपेश श्रेष्ठलाई पक्राउ गरेको हो।

बुधबार १ बजे श्रेष्ठको घरमा खाजतलास गर्दा उनको साथमा भेटिएको मोबाइलको जाँच गर्दा उनले अवैध हुण्डी संचालन गरेको तथा अनलाइन जुवा खेलाएको देखिएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

श्रेष्ठले अनलाइन मोबाइल एप्सहरूको प्रयोग गरी हुण्डी संचालन गर्नुका साथै अनलाइन जुवा, क्रिप्टो तथा अवैध रुपमा विदेशी विनिमय कारोबार गरेका थिए ।

पक्राउ परेका आरोपीको घरबाट प्रहरीले ८९ लाख ६९ हजार नेपाली रुपैयाँका साथै ७ हजार २६ अमेरिकी डलरसमेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077