Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईं र महेश बस्नेतको कार्यक्रमस्थलमा तालिमप्राप्त कुकुर परिचालन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमाले नेता महेश बस्नेतको कार्यक्रम स्थलमा  प्रहरी परिचालन गरिएको छ ।

प्रहरी टोली तालिमप्राप्त कुकुरसहित सो क्षेत्रमा तैनाथ छन् । एमालेको युवा संघ र मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

तिनकुने क्षेत्रमा तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु परिचालित भएका छन् । मध्यपुरथिमिस्थित दुर्गा प्रसाईंको निवास वरपर पनि सुरक्षाकर्मीहरु तैनाथ छन् । प्रसाईंको र्याली आज बिहान १०ः३० बजे शुरू हुनेछ ।

तिनकुने क्षेत्रमा एमाले नेता महेश बस्नेत सहितका कार्यकर्ताहरु भेला हुने क्रम जारी छ । युवा संघले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् । दुवैको कार्यक्रमस्थलमा सुरक्षाकर्मी तैनाथ भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077