Online Nepal
  • शनिबार, २० पुष २०८१
  • काठमाडौंमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा, ड्रोनबाटसमेत निगरानी

    काठमाडौंमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा, ड्रोनबाटसमेत निगरानी

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 936
    SHARES

    काठमाडौं । दुर्गा प्रसाईं र युवा संघबीच झडपको अवस्था आउन नदिन प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । उनीहरुको आवतजावत हुने स्थानदेखि निवाससम्म विशेष सुरक्षा योजना बनाएर प्रहरीले कार्यान्वयनमा ल्याएको हो ।

    उपत्यका प्रहरी कार्यालयका अनुसार आज बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नाकाहरूमा कुकुरसहित सुरक्षा जाँचमा कडाइ गरेको छ ।



    ठूलो संख्यामा प्रहरी सडकमा उतारिएको छ । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो सुरक्षा घेरामा सशस्त्र प्रहरी तैनाथ छ । ‘ब्याकअप’मा नेपाली सेना रहेको छ ।



    काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागु गरिएको छ । प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहित सुरक्षाकर्मी खटाइएको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको छ ।

    प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । यस्तै दुर्गा प्रसाईंको कार्यक्रममा भने निगरानीका लागि ड्रोन समेत प्रयोग गरिने छ।

    नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम गर्ने भएपछि सुरक्षा सतर्कता बढाइएको हो ।

    युवा संघको नेतृत्वमा काठमाडौंको तीनकुनेमा प्रदर्शन हुँदै छ । दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको बल्खुमा प्रदर्शन हुँदै छ । विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने दुवै पक्षले तयारी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार