Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौँका सात स्थानबाट दुर्गा प्रसाईंको जुलुस निस्कने, यस्तो छ रुट

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले आज काठमाडौँमा प्रदर्शन गर्दैछ ।

अभियानले काठमाडौँका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको हो ।

अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने स्थान तय गरिएको छ ।

त्यहाँबाट जुलुस काठमाडौँको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा भेला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077