Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावअघि गठबन्धन गर्न नपाउने वैधानिक व्यवस्था गरौं : गगन थापा

नवलपुर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनको राजनीतिक विकृतिपूर्ण भएको बताएका छन् ।

कांग्रेस नवलपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले ०८४ मा सबै कम्युनिष्ट पार्टीहरु एउटै पार्टी बनेपनि कांग्रेसले कसैसँग गठबन्धन नगर्ने दाबी गरे ।

महामन्त्री थापाले भने,‘गठबन्धनको राजनीतिक विकृतिपूर्ण छ । राजनीति भनेको विचार होइन राजनीति भनेको सरकार हो । सरकार भनेको केबल टिक्ने कुरामात्रै हो । हामीलाई यस्तो बनाएको छ । यो विषयमा कांग्रेसले स्पष्ट पार्नुपर्छ । निर्वाचन प्रणाली बदलौं । नेपाली कांग्रेसले अब चुनावअघि गठबन्धन गर्दैन । सम्भव भयो भने वैधानिक व्यवस्था नै गर्छ र चुनावअघि अरु कसैलाई पनि गर्न नपाउने बनाउँछ ।’

उनले अहिले विवेकको राजनीति आवश्यक रहेको बताए । त्यस्तै, दुर्गा प्रसाईको बिहीबारको कार्यक्रमप्रति संकेत गर्दै थापाले असन्तुष्ट नागरिकलाई संगठित गरेर दुरुपयोग गर्न लागिएको बताए ।

महामन्त्री थापाले पञ्चायतका कालको तुलनामा बहुदलीय व्यवस्थामा उल्लेखनीय प्रगति गरेको दाबी गरे ।

राजालाई भगवानको अवतार मानेर चलेको ३० वर्षे शासन व्यवस्थाको अन्त्यमा नेपालीको प्रतिव्यक्ति आय १८५ डलर रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077