Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झण्डा मेला लगाउने विषयमा स्थानीयबीच झडप, प्रहरीद्वारा ८ राउन्ड 'हवाई फायर'

काठमाडौं । बारामा सोमबार रातभर दुई पक्षबीच झडप भएको छ । जिल्लाको पचरौता नगरपालिका–७ बनौलीमा झण्डा मेला लगाउने विषयमा स्थानीयबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सोमबार साँझदेखि नै झण्ड मेला लगाउने विषयलाई लिएर विवाद सुरु भएको थियो। विवादले उग्र रुप लिएर राति ११ बजे दुई पक्षबीच ढुङ्गा हानाहान भएको थियो।

दुई पक्षको झडपलाई नियन्त्रणमा लिन प्रहरीले सोमबार राति ११ बजेतिर सुरुमा २ राउन्ड हवाई फायर गरेको थियो । प्रहरीले हवाई फायर गरेपछि झडप केही साम्य भएको थियो।

पछि फेरि ११स्४५ बजेतिर स्थानीयबीच झडप भएको थियो। फेरि झडप भएपछि प्रहरीले ५ राउन्ड हवाई फायर गरेको थियो। राति ११ः५५ बजे फेरि झडप भएपछि प्रहरीले फेरि १ राउन्ड हवाई फायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077