Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते

रुकुम। रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ ।

घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077