Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • विपिन जोशीलाई हमास समूहले बन्धक बनाएको पुष्टि, खोजी जारी

    विपिन जोशीलाई हमास समूहले बन्धक बनाएको पुष्टि, खोजी जारी

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 912
    SHARES

    काठमाडौं । ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा भएको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई हमास समूहले बन्धक बनाएर लगेको पुष्टि भएको छ ।

    इजरायलमा रहेको नेपाली दूतावासका अनुसार हमास समूहले इजरायलमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा जोशी पनि रहेका इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन् ।



    तर पनि जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको र खोजी गर्ने काम भइरहेको दूतावासले जनाएको छ । “विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न सकिएको छैन । हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको छ,” दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ ।



    जोशीको सकुशल उद्धारको माग गर्दै केही दिनअघि उनका आमाबुबाले परराष्ट्र मन्त्री एनपी साउदसँग भेट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार