Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा सवार गाडी दुर्घटना, ६ जना प्रहरीको मृत्यु

एजेन्सी । राजस्थानको चुरु जिल्लाको सुजानगढमा आइतबार बिहान भएको सडक दुर्घटनामा ६ प्रहरीको मृत्यु भएको छ ।

दुर्घटनामा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो भने एक घाइते प्रहरी जवानको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । अर्का प्रहरीको जोधपुरको अस्पतालमा उपचार भइरहेको छ ।

राजस्थान प्रहरीका अतिरिक्त निर्देशक गोविन्द पारीकका सबै प्रहरीहरू प्रधानमन्त्री नरेन्द्र मोदीको बैठकमा ड्युटीका लागि गएका थिए ।

राजस्थानका डीजीपी उमेश मिश्राले एक विज्ञप्ति जारी गर्दै दुर्घटना चुरुको सुजानगढ सदर पुलिस स्टेशन क्षेत्रमा भएको बताएका छन् । ड्युटीमा गइरहेका सात प्रहरी सवार कार राजमार्गमा रहेको ट्रलीसँग ठोक्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077