Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

    सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 948
    SHARES

    काठमाडौं । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ।

    आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।



    बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।



    छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन्। काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ।

    छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार