काठमाडौँ । हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यस्तै कोशी प्रदेशमा बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘मिडहीली’को आंशिक प्रभाव रहेको छ ।
शनिबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्रमा साताभरि उल्लेखनीय परिवर्तन नहुने तथा हालको अवस्थाभन्दा १ देखि १.५ डिग्रीले घट्ने सम्भावना रहेको छ ।
राति पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।