Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कता फर्केर लगाउने भाइटीका ?

काठमाडौं । आज यमपञ्चकको अन्तिम दिन अर्थात भाइटीका । यस वर्ष भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा परेको छ।

दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर आज भाइटीका पर्व मनाइँदैछ ।

भाइटीका लगाउँदा कता फर्केर टीका लगाइमाग्ने ?, दिदीबहिनी कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीका अनुसार यो वर्षको भाइटीकामा टीका लगाइ माग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनु पर्दछ ।

नेपाली समाजमा कात्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी टीका लगाइदिने चलन छ । भाइटीका दिनभर लगाउन मिल्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077