Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्य सामाजिक सञ्जाल पनि नियमन गर्नुपर्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले टिकटक बन्द गर्ने सरकारी निर्णय समाधान नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले टिकटक मात्र नभई अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन , नियममा ल्याउन सरकारी प्रयासको आग्रह गरेका हुन् ।

मेयर बालेनले मर्यादित टिकटक चलाउन पाइने अपेक्षा सरकारसँग गरे। करको दायरामा ल्याएर गलत गर्नलाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्न उनको आग्रह छ ।

मेयर बालेनले सामाजिक सञ्जालमा लेखेका छन् । ‘धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नुभयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन्। जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुलो प्लेटर्फम भएको थियो साथै नेपाली गीत संगीतलाई अन्तराष्ट्रिीयकरण गर्न मद्दत गर्दै थियो ।'

नेपाल प्रहरीको साइबर क्राइम, नेपाल दूरसञ्चार प्राधिकरण गुहारेको उनले बताए । टिकटकले फेक आइडीमा ध्यान नदिँदा शुभचिन्तकले दुःख पाएको मेयर बालेनले बताए ।

नयाँ उद्यमीहरूलाई बजार प्रवर्द्धन गर्ने प्लेटर्फमका रुपमा टिकटकको सदुपयोग भएको म मेयर बालेनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077