Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम सरकारले तीन क्रिकेट खेलाडीलाई १६ लाख दिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई १६ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दोस्रो किसान सहकारी लम्की जेसिज क्रिकेट कप २०८० को समापन समारोहमा यस्तो घोषणा गरेका हुन्।

नेपाललाई टी–२० विश्व कपमा पुर्‍याउन सफल भएको भन्दै राष्ट्रिय क्रिकेट टोलीमा रहेका सुदूरपश्चिमका तीन जनालाई पुरस्कृत गर्ने मुख्यमन्त्री शाहले घोषणा गरे।

उनले दीपेन्द्रसिंह ऐरी लाई ६ लाख विनोद भण्डारी र सन्दीप जोरालाई पाँचरपाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077