Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नवलपरासी दुर्घटनाका मृतक ७ जनाकै सनाखत

    नवलपरासी दुर्घटनाका मृतक ७ जनाकै सनाखत

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    नवलपरासी । पूर्वी नवलपरासीको देवचुली गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउने ७ जनाकै सनाखत भएको छ ।

    जिपमा चढेका सबै ७ जनाको मृत्यु भएको हो । घटना स्थलमै ३ महिलासहित ६ जनाको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।



    दुर्घटनामा मृत्यु हुनेमा पूर्वी नवलपरासी बौदीकाली गाउपालिका वडा नम्बर ६ का २९ वर्षका चालक छन बहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वाटकी मगर,कमला वानटकी र बुलिङटार गाउपालिकाकी १२ वर्षकी कररिश्मा ठाडा रहेका छन् ।



    मध्यबिन्दु नगरपालिका वडा २ मदनपुर निवासी १८ वर्षका चिरन अर्यालको र कावासोती वडा न १६ बस्ने बर्ष १७ को अस्विन गैरेको मृत्यु भएको हो ।

    बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दल्दले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको बलेरो जिप दुर्घटनामा परेको थियो ।

    जिप अत्यधिक स्पीडमा रहेका कारण मोडमा घुम्न नसकेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुर्घटनास्थल भन्दा ४२ किलोमिटर उत्तर पश्चिम बौदीकालीको माँझडाँडाबाट सुन्तलासहित स्थानीयहरु चढेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार