Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – संसदीय विकास कोषको ८ अर्ब पुनर्निर्माणमा लगाऔं

    कांग्रेस महामन्त्री थापाले भने – संसदीय विकास कोषको ८ अर्ब पुनर्निर्माणमा लगाऔं

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 678
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फजुल खर्च रोकेर संसदीय विकास कोषको रकम भूकम्पपछिको पुनर्निर्माणमा लगाउन आग्रह गरेका छन् ।

    आज सामाजिक संञ्जालमा लेख्दै महामन्त्री थापाले संसदीय विकास कोषको करिब ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्निर्माणमा लगाउन आग्रह गरेका हुन् ।



    भूकम्पपछिको पुनर्निर्माणमा ठूलो खर्च हुने भएकाले सरकारबाट भइरहेका फजुल खर्च रोक्न आग्रह गरे ।



    महामन्त्री थापाले लेखेका छन्,‘भूकम्पपछि तत्काल राहत, अस्थायी आवास निर्माण र पुनर्निर्माण सम्म पुग्दा ठूलो खर्च लाग्छ किनकि भूकम्पले क्षति पुर्याएका हजारौँ त घर मात्र बनाउनु पर्नेछ । सरकारले यो सबैको व्यवस्थापन गर्नुपर्नेछ । त्यसैले हामीले प्रधानमन्त्रीलाई भेटेरै दुई वटा कुरा तत्काल गर्न भनेका छौँ । एक, सरकारबाट भइरहेका फजुल खर्च रोक्नुहोस् र भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुहोस् । अनि बल्ल, सरकारको गम्भीरता देखिन्छ ।’

    सरकारले आफैँले तत्काल गर्न सक्ने काम सुरु गरेपछि मात्रै सहयोगी, दाताहरू तथा अन्यत्रबाट सहयोग माग्ने, व्यवस्थापन र परिचालन गर्ने नैतिक बल सरकारलाई प्राप्त हुने महामन्त्री थापाको भनाइ छ ।

    भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमबाट फर्केपछि महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शमाले शनिबारे प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार